आइपीएल: RCB द्वारा चौकाको वर्षात, पावरप्लेमा बन्यो ७० रन
Border Point Restaurant and Cafe

आइपीएल: RCB द्वारा चौकाको वर्षात, पावरप्लेमा बन्यो ७० रन

काठमाडौं । आईपीएलको प्लेअफमा पुग्न जित्नैपर्ने दबाबको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले किंग्स एलेभेन पञ्जावविरुद्ध विष्फोटक ब्याटिंग गरेको छ । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बेंगलुरुका लागि पार्थीव पटेलले शुरुकै ओभरमा १२ रन ठोकेका थिए ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

त्यसपछि पनि बेंगलुरुले पञ्जावका बलरमाथि चौकाको वर्षात गरेका छन् । बेंगलुरुले पावरप्लेमा १ विकेट गुमाएर ७० रन बनाएको छ । उसका लागि पार्थीव पटेल २४ बलमा ४३ रन बनाएर सातौं ओभरको दोस्रो बलमा आउट भए । उनले ७ चौका र २ छक्का प्रहार गरिसकेका छन् ।

एबिडि भिलियर्सले भने स्लो खेलेका छन् । उनले पावरप्लेमा १ चौकासहित ८ बलमा १० रन बनाएका छन् । यस्तै विराट कोहलीले ८ बलमा १३ रनमात्र बनाउन सके । उनलाई मोहम्मद शामीले आउट गरे । यो समाचार तयार पर्दासम्म बेंगलुरुले ७ औं ओभरमा २ विकेट गुमाएर ७० रन बनाएको छ ।

प्रतिकृया दिनुहोस्