प्रधानमन्त्री ओलीसहित ५ जना मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर
Border Point Restaurant and Cafe

प्रधानमन्त्री ओलीसहित ५ जना मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहालबाला पाँच जना मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

मंगलबार कानून, न्याय तथा सामाजिक कल्याण मञ्चले घरेलु मदिरा नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्रीसहित अर्थ मन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृका यादव, स्वास्थ्य मन्त्री उपेन्द्र यादव विरुद्ध मुद्दा दायर गरेको हो।सर्बोच्च अदालतमा दायर भएको मुद्दामा प्रहरी प्रधान कार्यालय, आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई पनि विपक्षी बनाईएको छ।

मञ्चका अध्यक्ष तथा अधिवक्ता जगन्नाथ मिश्र, सुमिता डंगोल, सारदा गुरुङ र नविन कार्कीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्। सर्वोच्चले बैशाख १३ गते प्रारम्भिक सुनुवाईका लागि पेशी तोकेको छ।मदिरा ऐन, २०३१ अनुसार तयार पारिएको मदिरा नियमावली, २०३३ को नियम ७ को (घ) मा कसैले पनि एक पटकमा ५ लिटरसम्म जाँडरक्सी र १० लिटरभन्दा बढी जाँड उत्पादन गर्न नपाउने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्