सलाम छ यी सहयोगी हृदय भएकाहरुलाई, जसले गरीव परिवारमा उज्यालो ल्याइदिए
Border Point Restaurant and Cafe

सलाम छ यी सहयोगी हृदय भएकाहरुलाई, जसले गरीव परिवारमा उज्यालो ल्याइदिए

काँकरभिट्टा । लामो समयदेखी धुलावारीको टिमाई पुलमुनि प्लास्टिकको बोराले बेरेर बसेको कुमाल परिवारको आँखा उपचार भएको छ । मेचीनगर–६ काँकरभिट्टामा रहेको दिब्य ज्योती आखाँ अस्पतालले ति परिवारको निशुल्क आखाँ उपचार गरिदिएको हो ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

सडकमा रहेको पुलमुनी बास बस्दै गरेका वृद्ध दम्पती ।

विगत एक वर्षदेखि धुलाबारीको टिमाई पुल मुनि बस्दै आएका ७४ वर्षिय पदमबहादुर कुमाल र उनकी धर्मपत्नी शान्ता कुमालको दिव्य ज्योती आखाँ अस्पताल काँकरभिट्टाले बुधबार निशुल्क आँखा जाँच गरिदिएको हो । अस्पतालले आँखा जाँच गरिसकेपछि औषधी र चश्मा पनि निशुल्क दिएको थियो ।

नेकपा मेचीनगर–१० का अध्यक्ष एवम सम्र्पण नेपालका संयोजक प्रकाश खड्काले अस्पताललाई उपचार गर्न आग्रह गरेपछि कुमाल परिवारको निशुल्क उपचार भएको हो । खड्काले ती परिवारलाई बेला बखत सहयोग गर्दै आएका छन् ।

आँखा उपचार गराएपछि काकँडभिट्टाको दिव्यज्योती आँखा अस्पतालमा सामुहिक तस्विर खिचाउँदै ।

पदमबहादुर जन्मका आधारमा ७४ वर्षका र नागरिकताको आधारमा ६४ वर्षका भए । वि.सं. २००१ सालमा झापाको शान्तिनगरमा जन्मेको बताउने पदमबहादुर नागरिकतामा भने २०१० साल उल्लेख भएकाले बृद्धभत्ता पनि पाएका छैनन् । उनीहरुसँग सम्पत्तिको नाममा केही पनि छैन । छ त केवल केही थोत्रा लत्ताकपडा, केही भाडाकुडा मात्र ।

वुधवार आखाँ उपचार गराउन काँकरभिट्टा पुराएका खड्काले उनिहरुको व्यवस्थित वसाईका लागि आफु लागि पर्ने वताएका छन् । आज आँखा जाँच गरियो अब समिति नै गठन गरेर उनीहरुको व्यवस्थित बसोबास गराउने अभियान सुरु गरिने संयोजक खड्काले इमेची डटकमलाइ बताए ।

प्रतिकृया दिनुहोस्