सुतिहेको ५ बर्षिय छोरासहित मध्यरातमा पक्राउ परिन विप्लव समुहकी नेतृ कल्पना सुवेदी
Border Point Restaurant and Cafe

सुतिहेको ५ बर्षिय छोरासहित मध्यरातमा पक्राउ परिन विप्लव समुहकी नेतृ कल्पना सुवेदी

रुपन्देही, वैशाख ११ ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्लास्तरीय नेतालाई रुपन्देहीबाट पक्राउ गरेको छ । प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

गएरति ११ बजेतिर रुपन्देहीको देवदह खैरेनीबाट सुवेदीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले सुवेदी सहित उनका ५ वर्षे छोरालाई समेत नियन्त्रणमा लिएको स्थानीयले दावी गरेपनि प्रहरीले उनलाई मात्र नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । सुवेदीमाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी विप्लव समुहकी नेतृ कल्पना सुवेदी ।

विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ। ती मध्ये सैनामैनाका जनसरकार प्रमुख बताईएका रेशमबहादुर खाँड, युवा संगठनका नेता सावद भनिने शेरबहादुर राना र शिक्षक संगठनका नेता रामजी आचर्य सहित ३ जनाले आत्मासमपर्ण गरि रिहा भएका छन र सो पार्टी त्यागेका छन । बाँकी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको एसपी थापाले बताए ।

प्रतिकृया दिनुहोस्