पन्त र धवन चम्किँदा सन्दिपको टीम दिल्ली पहिलो नम्बरमा
Border Point Restaurant and Cafe

पन्त र धवन चम्किँदा सन्दिपको टीम दिल्ली पहिलो नम्बरमा

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स राजस्थान रोयल्सलाई हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानलाई ६ विकेटले पराजित गर्दै दिल्लीले शीर्षस्थानको चेन्नाईलाई उछिन्दै अंकतालिकामा पहिलो भएको हो ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा रिसब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए भने धवनले ५४ रन जोडे । पृथ्वी शाले ४२ रन बनाए ।

त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिन्के रहानेले एक सय ५ रनको शतकीय पारी खेलेका थिए । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए । इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले समान १–१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्